एमाले महासचिव पोखरेलमा कोरोना संक्रमण
गोरखापत्र अनलाइन
पुष ३०, २०७८ शुक्रबार
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) महासचिव शंकर पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले आफू कोभिडको तेस्रो लहरबाट अछुतो नरहेको जानकारी दिनुभएको हो ।
निर्धारित सबै कार्यक्रम स्थगित गरेर आफू केही दिनका लागि आइसोलेसनमा बसेको पोखरेलले बताउनुभएको छ । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो’, महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘निर्धारित सबै कार्यक्रम स्थगित...