समूहगत सुझाव सकियो : आयोगका प्रतिवेदनमाथि शुक्रबार छलफल
गोरखापत्र अनलाइन
पुष १५, २०७८ बिहीबार
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनालेले सुझाव प्रस्तुत गर्नुभएको हो । समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएको भए पनि बिहीबार सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूहको संख्या २४ बनेको छ । लेखा, अनुशासन र निर्वाचन गरी तीन वटा आयोगको...