गुरुङ समुदायको संस्कृति संरक्षण गर्न सरकारले सहयोग गर्छ : प्रम देउवा
गोरखापत्र अनलाइन
पुष १५, २०७८ बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । तमु ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै यस्तो बताउनुभएको हो ।