माओवादीमा राम कार्कीको फरक मत
गोरखापत्र अनलाइन
पुष १३, २०७८ मंगलवार
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा नेता राम कार्कीले फरक मत राख्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि कार्कीले पूरक प्रस्ताव राख्नुभएको हो । ‘केही पूरक, केही नवीन धारणाहरु’ शीर्षकमा नेता कार्कीले फरक प्रस्ताव राख्नुभएको हो । फरक मतमा उहाँले विभिन्न शीर्षकमा धारणा सार्वजनिक गर्नुभएको छ ।