प्रचण्डको राजनीति प्रतिवेदनको सार– ‘व्यापक जनाधार, शान्तिपूर्ण क्रान्ति’
रासस
पुष १२, २०७८ सोमबार
नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रचण्डले दुई घण्टा बढी समय लगाएर ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गर्नुभएको हो। निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो...