सत्ता स्वार्थका लागि विपक्षीले चुनाव रोक्न खोजेका हुन्ः अध्यक्ष बिजुक्छेँ
रासस
असार १२, २०७८ शनिबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताउनुभएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उहाँले सत्ताका लागि भागवण्डाको खेलमा लाग्ने प्रतिपक्षले सरकारको विरोध गर्नुको कुनै तुक नहुने बताउनुभएको हो ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधव नेपाल पक्ष, जनता...