काँग्रेसको चौधौं महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
रासस
आश्विन १२, २०७७ सोमबार
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन माग गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत दुई दर्जन बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्र आज पार्टी केन्द्रीय कार्यालयमा...