‘स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन हुन्छ’
रासस
चैत्र २४, २०७८ बिहीबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ।
छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताउनुभयो। ‘स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन्छ’, मन्त्री आलेले भन्नुभयो।...