सुदूरपश्चिम सरकारमा काँग्रेस सहभागी : समाजवादीका मन्त्री हेरफेर
गोरखापत्र अनलाइन
चैत्र २५, २०७८ शुक्रबार
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी भएको छ। सरकारमा काँग्रेस र एकीकृत नेकपा (समाजवादी) का तीन/तीन जना गरेर ६ जना नयाँ अनुहार थपिएका छन्। नेपाली काँग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहरा सामाजिक विकासमन्त्री र समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको छ।