न्यायाधीश गौतमविरुद्ध चलाइएको भ्रष्टाचार मुद्दा बदर
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७८ शुक्रबार
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका चितवन जिल्ला अदालतका न्यायाधीशविरुद्ध चलाइएको मुद्दा सर्वोच्च अदालतले बदर गरेको छ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको माग बमोजिम मुद्दा बदर गरिदिएको हो।