एमसीसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ : नेकाँ प्रवक्ता डा. महत
गोरखापत्र अनलाइन
माघ २८, २०७८ शुक्रबार
नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँ नेपाली कांग्रेसको प्रवक्ता मनोयन हुनुभएकामा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको कार्यक्रममा डा महतले यो परियोजना जतिसक्दो चाँडै संसद्मा पेश गरी पारित गर्नुपर्नेमा जोड दिनुभयो ।