स्थानीय तहको कार्यकाल विषयमा परेको रिट दरपिठ
गोरखापत्र अनलाइन
माघ २६, २०७८ बुधबार
वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दरपिठ भएको छ। बुधबार महोत्तरी जिल्ला भंगाहा नगरपालिका २ का संजीवकुमार साहले दायर गर्नुभएको रिट दरपिठ भएको हो।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पान्थीले नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार २०७९ वैशाख ३० गतेका लागि मिति घोषणा भएको भन्दै रिट दरपिठ गर्नुभएको हो।