राप्रपा केन्द्रीय कार्यसमितिको बैठक, स्थानीय तह निर्वाचन विशेष कार्ययोजनाबारे छलफल
गोरखापत्र अनलाइन
माघ २७, २०७८ बिहीबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठक वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनबारे केन्द्रित भएको छ ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा पार्टीका महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालनका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो ।