सपनाको रहस्य
गोरखापत्र अनलाइन
मंसिर २०, २०७७ शनिबार
सपना, निद्राको एक मानसिक जीवन हो । जागृत अवस्थामा झैँ सपनामा घटना घटेका देखिन्छन् तर सपना जति धेरै देखिन्छ, त्यति नै धेरै बिर्सिइन्छ पनि । त्यसैले सपनालाई बुझ्न गाह्रो हुन्छ ।
सपनाको सम्बन्धमा प्राचीन दर्शनशास्त्रीहरू भन्थे, यो एक व्यक्तिको यताउता हिँड्ने आत्मा हो । त्यस आत्माले जब कुनै अनुभव गर्दछ, तब त्यो सपना भनिन्छ । हिपोक्रेप्स, ल्युकिटिअस र अरिस्टोटल जस्ता दार्शनिकले पनि सपनालाई आत्माको अलौलिक शक्ति ठान्दै...