राईको चिन्डो
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७७ शनिबार
संस्कृतिका विविध रूप हुन्छन् । यी कुनै मानिसका क्रियाकलापका रूपमा देखा पर्दछन् त कुनै विषयवस्तुका रूपमा । त्यसैले त संस्कृतिको परिभाषा दिँदै मानवशास्त्री ई.बी.टेलरले आफ्नो चर्चित पुस्तक ‘प्रिमिटिभ कल्चर’ नामक पुस्तकमा, ‘संस्कृति एक जटिल समग्रता हो, जहाँ ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, परम्परा र बानी जुन मानवले समाजको सदस्यताका कारण प्राप्त गर्दछ’ भनेर उल्लेख गरेको पाइन्छ । यस परिभाषाले संस्कृतिलाई एक बृहत्...