अनुभूति उडान
गोरखापत्र अनलाइन ,
जेष्ठ १०, २०७७ शनिबार
सतहमा जीवनका बारेमा सहस्र व्याख्या, विश्लेषण गरिएका छन् । धेरै स्थापित मत मतान्तर पनि छन् । धेरै बयान र परिभाषा पनि गरिएका छन् । मान्छे नै पिच्छेका धारणा पनि छन् । म पनि प्राणी प्रजातिको मान्छे हुँ । मान्छे हुँ भन्ने झिनो दम्भ ममा पनि मौजुद छ । आकारका दृष्टिले, बनोटका दृष्टिले, रूपका दृष्टिले मान्छेसँग मिल्ने केही सारभूत साझा सामञ्जस्य भएको नाताले गर्दा व्यापकतामा भन्दा पनि सार र एकाइको रहनीमा केही सादृश्य तन्तुहरू...