कोभिड–१९ विरुद्ध अग्रमोर्चाका योद्धा
गोरखापत्र अनलाइन ,
जेष्ठ १७, २०७७ शनिबार
कोरोना भाइरस (कोभिड–१९) ले यतिखेर विश्वलाई नै आक्रान्त पारिरहेको छ । नेपालमा पनि यो भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय नाघिसकेको छ । तीमध्ये छजनाको मृत्यु भइसकेको छ । सरकारले कोरोना भाइरस लागेका सङ्क्रमितको उपचार गर्न छुट्टै अस्पताल तोकेको पनि छ । ती अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपत्यकाका पाटन अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचार गर्ने...