सरोगेट मदरको कथा
गोरखापत्र अनलाइन ,
फाल्गुन १०, २०७६ शनिबार
विश्वविद्यालय सेवामा अध्यापन कार्यमा संलग्न भएर लामो समय व्यतित गरिसक्नुभएका, नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट निबन्धकार, सुप्रसिद्ध समालोचक तथा सम्पादकका रूपमा ख्याति कमाइसक्नुभएका साहित्यकार प्रा. राजेन्द्र सुवेदीको सिर्जनाको अर्को पाटो आख्यान पनि हो । हालै प्रकाशनमा आएको उहाँको नवीनतम कृति हो ‘धितो कोख’ ।