आस्थाको केन्द्र पाथीभरादेवी
गोरखापत्र अनलाइन ,
भाद्र २८, २०७६ शनिबार
टाढाबाट झट्ट हेर्दा पाथीमा अन्न भरेर चुल्याएजस्तै देखिन्छ । तत्कालीन गोरखाका राजा राम शाहले चलनचल्तीमा ल्याएका मानापाथी अझै पनि हाम्रा गाउ‘घरमा नापतौलमा प्रयोग हु‘दै आएका छन् । काबेली नपुग्दै सिंहपुरबाट हेर्दा पाथीभरा ठ्याक्कै पाथी आकारकै लाग्छ । आकाश सफा छ भने पाथीभरादेवीलाई ताप्लेजुङ नपुग्दै पनि देखिन्छ । पॉचथरको सिंहपुरबाट पाथीभरा छर्लङ्ग देखिन्छ । उच्च डॉडामा अवस्थित देवी पाथीभराको दर्शन गर्न आउने तीर्थयात्रीको...