सुदूर पहाडमा खाद्यको चामल आएन, सुपथ मूल्यको पसल पनि खुलेन
गोरखापत्र अनलाइन
आश्विन २२, २०७८ शुक्रबार
दशैं अघिनै आईपुग्नु पर्ने खाद्य व्यवस्थाको १७ हजार क्विन्टल चामल नआउँदा सुदूर पहाडका दुर्गम वस्तीमा चामलको अभाव भएको छ । स्थानीय तह र साल्ट ट्रेडिङको समन्वयमा दशैं–तिहारको अवसरमा खुल्ने सुपथ मूल्यको पसल पनि सञ्चालनमा आएका छैनन् ।
खाद्यको अभाव हुने बैतडीको तल्लोस्वराड, दार्चुला, बझाङ, बाजुरा र अछामका लागि आउनुपर्ने १७ हजार सातसय क्विन्टल चामल नआउँदा सुदूर पहाडका गरीब निमुखाको दशैं खल्लो हुने भएको छ । खाद्य व्यवस्था...