उषाको हिम्मत, न पढाइले छेक्यो न समाजले, बनिन् सहचालक
गोरखापत्र अनलाइन
आश्विन १८, २०७८ सोमबार
स्वदेशमा रोजगारी नपाएपछि विदेश जाने युवाको सङ्ख्या दिनहुँ बढ्दै छ । स्वदेशमै काम पाइए पनि सानोतिनो काम र त्यसबाट चित्तबुझ्दो पारिश्रमिक पाउन मुस्किल । सीप अनुसारको कामबाट मनग्य आम्दानी हुन नसक्ने जस्ता अनेकौं कारणले युवा रोजगारीका लागि विदेशिने क्रम दिनहुँ बढ्दो छ । तर, स्वदेशमै उल्लेख्य आम्दानी नभएपनि थोरै आम्दानीमै सन्तुष्टि खोज्ने युवा पनि यही रहेका छन् । यसको उदाहरण हो, काभ्रे पनौतीकी उषा सापकोटा ।