मिथिलाको लोकगाथासँग जोडिएका नाच लोप हुँदै
रासस
माघ १३, २०७७ मंगलवार
पछिल्लो समय मिथिलाको लोकगाथासँग जोडिएका विभिन्न नाच लोप हुँदै गएका छन् । १६ औं शताब्दीसँगै अस्तित्वमा आएको मिथिलाको ग्रामीण संस्कृतिसँग जोडिएका राजा सलहेश, दिनाभद्री, कुवर वृजभान, आल्हारुदल, गोपीचन्द, राजा भरथरी, सामाचकेवा जस्ता पौराणिक नाच अहिले लोप हुनथालेका हुन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तथा छिमेकी मुलुक भारतको पटनासम्म प्रख्यात रहेको यस्ता लोकनाच हराउँदै गएसँगै यसका कलाकार पनि विस्तापित हुदै गएका...