हर्षोल्लासका साथ मनाइयो तिला संक्रान्ति
गोरखापत्र अनलाइन
माघ १, २०७७ बिहीबार
थारु, बातर तथा मिथिलावासी समुदायले बिहीबार उत्साहपूर्वक धुमधामसँग माघी पर्व मनाएका छन । सप्तरी सहित तराईका पूर्वी क्षेत्रका थारु समुदायका नागरिकले माघीलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ । विधिपूर्वक बिहानैदेखि पूजापाठ गरेर थारु समुदायले सुगुर, बंगुरको मासु, नयाँ चामलको पिठोबाट बनाइएको ढिक्री (स्थानीय भाषामा खिचरी), तीलको लडु, भूजा र च्युराको लडु लगायतका परिकार बनाएर खाने गर्छन् भने परम्परागत पहिरनमा...