माघेसङ्क्रान्ति पर्व नजिकिँदा थारू र मगर बस्तीमा चहलपहल
रासस
पुष २१, २०७७ मंगलवार
माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारू र मगर बस्तीमा तिलासक्रायत पनि भनिने माघेसङ्क्रान्ति पर्वको चहलपहल बढेको हो ।
महोत्तरीसहितका मिथिला क्षेत्रका थारू बस्तीमा यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहोमा लागेका छन्...