घरवासको आकर्षण कोदोको ‘सेलरोटी’
रासस
पुष २९, २०७७ बुधबार
अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।
सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा...