२४ घण्टामा उपत्यकामा पाँच हजार ३१५ संक्रमित थपिए
गोरखापत्र अनलाइन
माघ ८, २०७८ शनिबार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र पाँच हजार ३१५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७ सय ६२, ललितपुरमा १११० र भक्तपुरमा ४४३ गरेर पाँच हजार ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा शनिबार ३७ सय ६२ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार १५९ पुगेको छ भने २२ सय ५० जनाको मृत्यु भएको छ ।