श्रमिक नपाउँदा किसानलाई छैन श्रीपञ्चमी पर्वको रौनक
रासस
माघ १८, २०७८ मंगलवार
“माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्नुहुन्छ, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म¥यो ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने महतो अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्नुहुन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको...