उपत्यकामा १८ सय २० संक्रमित थपिए
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १४०४, लतिलपुर ३०५ र भक्तपुर १११ गरेर २४ घण्टामा १८ सय २० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ३७ हजार ३४, ललितपुरमा १० हजार १२५ र भक्तपुरमा १०१२५ गरेर ५२ हजार ७६४ जना रहेका छन्।