पिशाच चतुर्दशी मनाइँदै, काठमाडौंमा 'लुक' महादेवको पूजा
सनम महर्जन
चैत्र १७, २०७८ बिहीबार
नेपाल भाषामा ‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशी हो । पाहाँ ‘चःह्रे’लाई ‘पिशाच चतुर्दशी’ पनि भन्ने गरिन्छ ।
संस्कृतविद् हरिराम जोशीका अनुसार मुख्य चतुर्दशी पाँच वटा छन् । पाहाँ चतुर्दशी (पिशाच चतर्दशी), शिला चतुर्दशी (शिवरात्री), बाल ‘चःह्रे’ (बाला चतुर्दशी), गठेमंगल अर्थात् (घण्टाकर्ण) । पाहाँ चतुर्दशीलाई ‘पाहाँ ‘चःह्रे’, ‘र्पादशी पाहाँ’ ‘चःह्रे’ र ‘प्रसाद’ ‘चःह्रे’ पनि भन्ने गरिन्छ...