logo
२०८१ बैशाख १३ बिहीवार



चैते धानको रोपाइँ शुरू

प्रदेश |
समाज |


चैते धानको रोपाइँ शुरू
नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ८ बैरिहवामा चैते धान रोपिँदै । तस्विर - गोपी ज्ञवाली ।


गोपी ज्ञवाली
नवलपरासी, पुस १६ गते । पश्चिम नवलपरासीको सदरमुकामस्थित रामग्राम नगरपालिकाको आयोजनामा पालिका भित्र चैते धानको रोपाइँ गरिएको छ । सङ्घीय सरकारको घान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत जिल्लाको रामग्राम धान उत्पादन बढाउने योजनानुसार यस वर्षदेखि चैते धान रोपाइँ शुरु गरिएको रामग्राम नगरपालिकाका कृषि शाखा प्रमुख आदेश मिश्रले बताउनुभयो ।

देशमा धान उत्पादनलाई बढाई विदेशी आयात कम गर्ने उद्देश्यका साथ केन्द्र सरकारले तराईको केही स्थानमा घानको नमुना खेती शुरु गरेको कृषि शाखा प्रमुख मिश्रले बताउनुभएको हो ।

नेपाल क्रमशः धान उत्पादनमा परनिर्भर बन्दै गएपछि धानको विदेशी आयात घटाउने उद्देश्यले गत वर्ष नै केही तराईका जिल्लाहरुमा चैते धानको नमुना उत्पादन शुरु गरेको भए पनि नवलपरासीमा भने यस वर्षदेखि पहिलो पटक चैते धान खेतीको शुरुवात गरिएको हो ।

चैते धान खेतीका लागि सङ्घीय सरकारले रकम विनियोजन गरी गत वर्ष नै रामग्राम नगरपालिकालाई नमुनाको रुपमा धान खेती शुरु गर्नका लागि ४० लाख रुपियाँ विनियोजन गरेको भए पनि रामग्राम नगरपालिकाले यस वर्ष मात्र पहिलो पटक नमुना चैते धान खेती शुरु गरेको हो ।

जिल्लाको सरावल र पाल्हीनन्दन गाउँपालिकाले गत वर्षदेखि नमुनाको रुपमा चैते धानको रोपाइँ गरेको भए पनि रामग्राम नगरपालिकाले यस वर्षदेखि शुरु गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?