लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस
गोरखापत्र अनलाइन
पुष १७, २०७८ शनिबार
लमजुङमा नवौं राष्ट्रिय पोशाक दिवस (अन्तराष्ट्रिय टोपी दिवस) मनाइएको छ । युवायुवती आवद्ध विभिन्न क्लब र सामाजिक संघ संस्थाले शनिबार बेंसीसहरमा दिवस मनाएको हो । नेपाली टोपीको पहिचान संरक्षणका लागि भन्दै बेंसीसहरको मनाङ्गेचौताराबाट हाईस्कुलचोक, पुरानो बैंकचोक, भिमसेनस्थानचोक, नारायणस्थान चोक, झिंगेखोला हुँदै सेराबजारसम्म नेपाली टोपी लगाएर ¥याली निकालिएको थियो ।