दुधौलीका मुसहर समुदाय घरमा रमाउँदै
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
दुधौली नगरपालिका–११ पत्रिङगा निवासी ७२ वर्षीय शुक्र सदा मुसहरको दैनिकी दुई वर्षदेखि पक्की घरमा बित्दै आएको छ । आफ्नो जीवनको ७० वर्ष फुसले छाएको छाप्रो (झुपडी) बिताउनुभएका बृद्ध मुसहरलाई अहिले घाम, पानी र चिसोको कुनै पीडा छैन ।