गोरखामा भारी हिमपात : हिउँले छोपियो लाप्राकको एकीकृत बस्ती
गोरखापत्र अनलाइन
पुष १४, २०७८ बुधबार
गोरखामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् । चुमनुब्री गाउँपालिकाका अधिकाशं ठाउँमा हिमपात भएको उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो । ‘हिउँले चुमनुब्री पुरै ढाकेको छ,’ उहाँले भन्नुभयो, ‘हिउँ परेपछि स्थानीय समस्यामा परेका छन् ।’