घरको छानो फेरिने कहिले हो ?
रासस
पुष १३, २०७८ मंगलवार
एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ ।
ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका—४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत वर्ष बर्खे झरीले भत्काएको थियो । उहाँ अहिले अरूको बनाएका घरमा शरण लिएर बस्नुभएको छ । छयहत्तर वर्षीय...