logo
२०८१ बैशाख १७ सोमवार



नेपाल आइस धनगढी फुटसल लिग  हुने

खेलकुद |


नेपाल आइस धनगढी फुटसल लिग  हुने


धनगढी, भदाै ३ गते । ‘फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसन’ र नेपाल खेलकूद पत्रकार मञ्च कैलालीको संयुक्त आयोजनामा ‘नेपाल आइस धनगढी फुटसल लिग’ हुने भएको छ ।

बैंक तथा वित्तीय संस्थाको टोलीको सहभागिता रहने सो लिग भदौ ६ गतेदेखि शुरु हुने छ ।    
    
फ्ल्याटल्याण्ड फुटसल रिक्रिएशन धनगढीका अध्यक्ष आशिष शाहका अनुसार लिगको विजेतालाई रु ५० हजार, उपविजेतालाई रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

बैंकर्स क्लब धनगढीको समन्वयमा हुने उक्त प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ ।

प्रतियोगितालाई नेपाल आइसले मुख्य प्रायोजना गरेको छ ।

बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टले प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच सम्बन्ध बढाउनाकासाथै मनोरञ्जन प्रदान गर्ने छ ।  रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?