logo
२०८१ बैशाख ६ बिहीवार



प्रिन्स र नवीन फाइनलमा

खेलकुद |


प्रिन्स र नवीन फाइनलमा


काठमाडौँ, चैत ३० गते । विश्व जुनियर वरीयताका नम्बर एक प्रिन्स दाहाल र नेपाल आर्मीका नवीन श्रेष्ठ योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा फाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई १९–२१, २१–१७, २१–१६ को सेटमा हराउनुभयो । नवीनले एपीएफका दीपेश धामीलाई २१–१९, १२–२१, २१–१९ को सेटमा स्तब्ध बनाउनुभयो ।

प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी अनुमाया राईले आर्मीकै प्रार्थना देउवालाई १६–२१, २१–१८, २१–१५ तथा आर्मीकी रशिला महर्जनले एपीएफकी जेशिका गुरुङलाई २१–१४ र २१–११ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो । यू–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसीले स्पोर्ट्स हबका सुनिल कार्कीलाई २१–१३, २३–२१ तथा एनआरएनका साहिल चन्दले उदयपुरका रुमुहाङ राईलाई २१–१५, २१–१९ को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनाउनुभयो ।

पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले एपीएफका दीपेश धामी र विजित थापा मगरको जोडीलाई २२–२०, २३–२५, २१–१४ तथा आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीले कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीलाई २१–१५, २१–२३, २१–१७ को सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गर्नुभयो । प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?