logo
२०८१ बैशाख १७ सोमवार



नेपाल क्रिकेट संघ प्रदेश–२ समिति गठन

खेलकुद |


नेपाल क्रिकेट संघ प्रदेश–२ समिति गठन


गोरखापत्र समाचारदाता
काठमाडौं, भदौ १४ गते । विशेष साधारणसभा तथा अधिवेशनबाट नेपाल क्रिकेट संघको प्रदेश २ समिति गठन गरिएको छ । अधिवेशनबाट हीरा भगतको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो । भगत धनुषा क्रिकेट संघका पूर्वअध्यक्ष हुनुहुन्छ ।
महोत्तरीको बर्दिबासमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको स्वतन्त्र टोलीको उपस्थितिमा विशेष साधारण सभा तथा अधिवेशन भएको हो । अधिवेशनले नेपाल क्रिकेट संघ, प्रदेश २ को उपाध्यक्षमा सुनिलकुमार महासेठ(सिरहा)लाई निर्वाचित गरेको हो । सचिबमा आयुश श्रेष्ठ (सप्तरी), कोषाध्यक्षमा पवनकुमार गुप्ता (रौतहट) निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा सतिशकुमार सिंह(सप्तरी), डा. हरिशंकरप्रसाद साह(पर्सा), अनिलकुमार शर्मा(सिरहा), सुनिलकुमार साह(महोत्तरी), निरज कार्की(सर्लाही), आकाश पाण्डे –धनुषा), सुभाष जयसवाल(बारा), रोशनकुमार सिंह(महोत्तरी) र मुर्तुजा हवारी(पर्सा)बाट निर्वाचित हुनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?