logo
२०८१ जेष्ठ ३ बिहीवार



दोस्रो टेष्ट म्याचको पहिलो पालिमा भारतको सम्हलिएको प्रदर्शन

खेलकुद |


दोस्रो टेष्ट म्याचको पहिलो पालिमा भारतको सम्हलिएको प्रदर्शन


एजेन्सी
किंग्स्टन, भदौ १४ गते । वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पालिमा भारतले सम्हलिएको प्रदर्शन गरेको छ । पहिलो दिनको खेल सकिदासम्म भारतले पाँच विकेटको क्षतिमा २६४ रनको योगफल तयार गरेको छ ।
किंग्स्टनमा आईतबार हनुमा बिहारीले ४२ तथा ऋषभ पन्तले २७ रनको व्यक्तिगत् योगफलबाट दोस्रो दिनको खेललाई अगाडि बढाउनुहुने छ । टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाहुना टोली भारतले १६४ रनकै स्थितिमा महत्वपूर्ण चार विकेट गुमाउँदा दबाबमा आएको थियो ।
भारतका लागि कप्तान विराट कोहलीले ७६ रनको योगदान गर्नुभयो । कोहलीको संयमित पालिले भारत औसत योगफलतर्फ अग्रसर भएको हो । सुरुवाती ब्याट्सम्यान लोकेश राहुल १३ रन बनाएर पेभेलियन फर्किदा मयन्क अग्रवालले अद्र्धशतकीय पालि खेल्नुभयो । चेतेश्वर पूजारा ६ र अजिन्क्यै रहाने २४ रन बनाएर पेभेलियन फर्किनुभयो ।
वेष्टइन्डिजका लागि जैसन होल्डरले सर्वाधिक तीन विकेट लिनुभयो । रहकिम कोर्नवाल र केमार रोचले समान एक एक विकेट लिनुभयो । दुई म्याचको आईसीसी विश्व टेष्ट च्याम्पियशिपको पहिलो खेलमा भारतले ३१८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?