logo
२०८१ जेष्ठ ३ बिहीवार



वेष्टइन्डिजको पहिलो पारि अप्ठ्यारोमा

खेलकुद |


वेष्टइन्डिजको पहिलो पारि अप्ठ्यारोमा


किंग्स्टन, भदौ १५ गते । जसप्रित बुमराहले हयाट्रिक विकेट लिएपछि भारत वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारिमा बलियो स्थितिमा पुगेको छ । भारतीय बलर बुमराहले हयाट्रिक टेष्ट विकेट लिएपछि वेष्टइन्डिजको पहिलो पारि अप्ठ्यारोमा परेको छ ।

किंग्स्टनमा दोस्रो टेष्ट म्याचको पहिलो पारिमा दोस्रो दिनको खेल सकिदासम्म वेष्टइन्डिजले सात विकेटको क्षतिमा ८७ रनको योगफल तयार गरेको छ । वेष्टइन्डिज पहिलो पारिमा भारतभन्दा अझै ३२९ रनले पछाडी रहेको छ । फ्लो अन जोगाउन घरेलु टोलीलाई १३० रन आवश्यक छ । रहकीम कोर्नवाल ४ र जाहमर हयामिल्टनले २ रनमा अविजित रहँदै वेष्टइन्डिजका लागि तेस्रो दिनको खेल अगाडी बढाउनुहुनेछ ।

बुमराहको हयाट्रिक विकेट

वेष्टइन्डिजको छ जना ब्याट्सम्यानलाई जसप्रित बुमराह एक्लैले पेभेलियन फर्काउनुभयो । मोहम्मद सामीले शिमरन हैटमेरको विकेट लिनुभयो । डारेन ब्राभोलाई पहिलो शिकार बनाएपछि शामह्र ब्रुक्स र रोष्टन चेज सम्मिलित तीनजना वेष्टइन्डिजका ब्याट्सम्यानलाई तीनबलमा बुमराहले पेभेलियन फर्काउनुभयो ।

ब्राभो र ब्रुक्सको विकेट लिएपछि बुमराहले तेस्रो बलमा रोष्टन चेजलाई एल बी डब्ल्युको अपील गर्नुभयो । अम्पायरले अपील अस्वीकार गरेपछि भारतीय कप्तान विराट कोहलीले ‘रिभ्यु’ माग्नुभयो । कोहलीको अपील कायम भपछि बुमराहको हयाट्रिक विकेट हुनगयो ।
हरभजन सिंह, इरफान पठानपछि टेष्ट क्रिकेटमा भारतको लागि हयाट्रिक विकेट लिने बुमराह तेस्रो बलरको कीर्तिमान बनाउनुभएको छ ।

बुमराहले वेष्टइन्डिजका ओपनर व्याट्सम्यान क्रेग बर्थह्वैटलाई पेभेलियन फर्काउँदा वेष्टइन्डिजको योगफल पाँच विकेटको क्षतिमा २२ रन रह्यो ।

यसअघि पाँच विकेटको क्षतिमा २६५ रनबाट दोस्रो दिनको खेल अगाडी बढाएको भारतले आफ्नो पहिलो पारिमा ४१६ रनको उच्च योगफल तयार गरेको थियो । भारतका लागि हनुमा विहारीले आफ्नो पहिलो टेष्ट शतक लगाउनुभयो । उहाँ १११ रन बनाएर पेभेलियन फर्किनुभयो । इशान्त शर्माले पनि टेष्ट क्रिकेटको आफ्नो पहिलो अद्र्धशतक पुरा गर्नुभयो । विकेट कोहलीले ७६ रन बनाउनुभएको थियो । मयन्क अग्रवालले ५५ रन बनाउनुभयो ।

वेष्टइन्डिजका लागि जैसन होल्डरले सर्वाधिक ५ विकेट लिनुभयो । रहकीम कोर्नवालले तीन तथा क्रैग बर्थह्वैट र केमरा रोचले सामान एक एक विकेट लिनुभयो । दुई खेलको आइसीसी टेष्ट च्याम्पियशिपमा भारत १–० ले अगाडी रहेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?