logo
२०८१ जेष्ठ २ बुधवार



चन्द्रागिरिमा फुटसल प्रतियोगिता   

खेलकुद |


चन्द्रागिरिमा फुटसल प्रतियोगिता   


काठमाडौँ, भदौ १७ गते । समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ ।    

‘स्वास्थ्य र सम्बन्ध सुधारका लागि खेलकूद’ भने मूल नाराका साथ यही भदौ १८ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।    
    
नगरपालिकाका युवा, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिनुभयो ।    
    
चन्द्रागिरिको हाइभिजन फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा १७ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई शिल, मेडल र प्रमाणपत्र साथै चौथो हुने टोलीलाई प्रमाणपत्र वितरण गरिने शर्माले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?