logo
२०८१ जेष्ठ २ बुधवार



पोखरामा वुमन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसिप हुँदै

खेलकुद |


पोखरामा वुमन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसिप हुँदै


लेखनाथ समाचारदाता

पोखरा, भदौ १८ गते  । पोखरामा पहिलो पटक वुमन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसीप आयोजना हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा असोज ११ गते पोखरा सभागृहमा  वुमन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसीप–२०१९ हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महिलालाई बिकिनी एन्ड फिजिक प्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक गोर्खा क्लासिक नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक कुमार गुरुङले जानकारी दिनुभयो ।
च्याम्पियनसीपमा नेपालका बिकिनी र फिजिकका उत्कृष्टहरू सहभागी हुने आयोजकले दाबी गरेको छ । च्याम्पियनसीपका संयोजक कुमार गुरुङले प्रतियोगितामा दुबई, बहराइन, काठमाडाँै, धरान र पोखराका गरी २० जनाले सहभागिता जनाउने बताउनुभयो । दुबई र बहराइनमा बस्दैआएका नेपालीले प्रतियोगितामा सहभागी हुने उहाँले बताउनुभयो ।
च्याम्पियनसीपअन्तर्गत फिजिकतर्फ उपाधि विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख पाँच हजार र तृतीय हुनेलाई ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै बिकिनीतर्फको विजेतालाई ८० हजार, उपविजेतालाई ६० हजार र तृतीय हुनेलाई ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले जानकारी दिनुभयो । प्रत्येक दुई÷दुई वर्षमा हुने प्रतियोगितामा सहभागी हुन अग्रिम नाम दर्ता गराउनुपर्ने गोर्खा क्लासिकका सल्लाहकार अमृत गुरुङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?