logo
२०८१ जेष्ठ ३ बिहीवार



नाडाल अमेरिकी ओपनको क्वाटरफाइनलमा

खेलकुद |


नाडाल अमेरिकी ओपनको क्वाटरफाइनलमा


न्यूयोर्क, भदौ १८ गते । राफेल नाडाल मङ्गलबार पूर्व विजेता मारिन सिलिचलाई ६–३, ३–६, ६–१, ६–२ ले हराएर अमेरिकी ओपन टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा पुग्नुभएको छ ।
३३ वर्षीय नाडाल नवौँ पटक अमेरिकी ओपन र ४० औँ पटक ग्रान्डस्लामको अन्तिम आठमा पुग्नुभएको हो । दोस्रो वरियताप्राप्त नाडालले गत वर्ष सेमिफाइनलमा घुँडाको चोटका कारण खेल परित्याग गर्नुभएको थियो । अब उहाँले अर्को खेलमा २० औँ वरियताका डिएगो स्वार्जमानलाई हराएर पुनः सेमिफाइनलमा फर्किने प्रयास गर्नुहुनेछ ।
स्वार्जमानले क्वाटरफाइनलमा छैटौँ वरियताका अलेक्जयान्दर जेरेभलाई ३–६, ६–२, ६–४, ६–३ ले स्तब्ध पार्नुभएको हो ।
नाडालले चौथो अमेरिकी ओपन र कुल १९ औँ ग्रान्डस्लाम उपाधि जित्ने दाउमा हुनुहुन्छ । २० पटक ग्रान्डस्लाम जितेर सर्वाधिक ग्रान्डस्लाम विजेता पुरुष खेलाडीको कीर्तिमान बनाउने रोजर फेडेरर पनि अमेरिकी ओपनको अन्तिम आठमा पुगिसक्नुभएको छ । अमेरिकी ओपनमा यी दुई खेलाडीबीच अहिलेसम्म भिडन्त भएको छैन । फेडेरर एघार वर्षप्छि पहिलो पटक अमेरिकी उपाधि जित्ने पर्खाइमा हुनुहुन्छ । उहाँले क्वाटरफाइनलमा ग्रिगर डिमिट्रोभविरुद्ध खेल्नुहुनेछ । सो खेल जितेमा ३८ वर्षीय फेडेरर अमेरिकी ओपनको सेमिफाइनल खेल्ने दोस्रो सर्वाधिक पाको खेलाडी बन्नुहुनेछ ।
अन्य खेलमा गायल मोन्फिल्सले पाब्लो अन्डुजारलाई ६–१, ६–२, ६–२ र माटियो बेरेटिनीले एन्द्रि रुब्लेभलाई ६–१, ६–४, ७–६ (६) ले हराउनुभयो । महिला वर्गमा बेलिन्डा बेन्सिचले विश्वकी नम्बर एक खेलाडी नाओमी ओसाकालाई ७–५, ६–४ ले चौथो चरणमा स्तब्ध पार्नुभएको छ । एपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?