logo
२०८१ जेष्ठ २ बुधवार



फेडरर अमेरिकी ओपनबाट विदा

खेलकुद |


फेडरर अमेरिकी ओपनबाट विदा


न्यूयोर्क, भदौ १८ गते । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता अमेरिकी ओपनमा बुधबार सर्वाधिक पुरुष एकल ग्रान्डस्लाम विजेता रोजर फेडरर क्वाटरफाइनलबाट बाहिरिनुभएको छ । सर्वाधिक ग्रान्डस्लाम जित्ने महिला खेलाडी बन्ने दाउमा रहेकी सेरेना विलियम्स भने सहज जितका साथ सेमिफाइनलमा पुग्नुभयो ।

सेरेनाले निर्दयी तरिकाले चिनकी वाङ सियनलाई मात्र ४४ मिनेटमा ६–१, ६–० ले हराउनुभयो । सेरेनाले सुरुदेखि अन्तसम्म हरेक अङकमा आप्mनो नियन्त्रण बनाउनुभयो । सर्भिस गर्ने र फर्काउने पक्षमा पनि सेरेनाको खेल अव्वल थियो ।

सेरेनाले अन्तिम चारमा एलिना स्विटोलिनविरुद्ध खेल्नुहुनेछ । युक्रेनकी स्वेट्लानाले १६ औँ वरीयताप्राप्त बेलायतकी योहाना कोन्टालाई ६–४, ६–४ ले विदा गर्नुभएको हो । अमेरिकी ओपनमा सेरेनको यो सयौँ जित भएको छ । यहाँ छ पटक च्याम्पियन बनिसकेक िसेरेनाविरुद्ध वाङले एउटा पनि पनि विजयी सट प्रहार गर्न सक्नुभएन । यस वर्षको प्रतियोगितामा यो सबभन्दा चाँडो सकिएको खेल पनि भएको छ ।

सर्वाधिक ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्ट (२४)को कीर्तिमानबाट सेरेनमात्र दुई उपाधि टाढा हुनुहुन्छ ।

फेडरर भने ७८ औँ वरीयताका ग्रिगर डिमिट्रोभसँग ३–६, ६–४, ३–६, ६–४, ६–२ ले स्तब्ध हुनुभयो । फेडरर पहिलो पटक डिमिट्रोभसँग पराजित हुनुभएको हो । ढाड र गर्दनको समस्याले पनि फेडररले स्वभाविक प्रदर्शन गर्नसक्नुभएन । डिमिट्रोभले अब पाँचौँ वरीयताका डेनिल मेडभेडेभविरुद्ध सेमिफाइनल खेल्नुहुनेछ । तीन पटकको विजेता स्टान वारिन्कालाई ७–६ (६), ६–३, ३–६, ६–१ ले हराएर मेडभेडेभ पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनलमा पुग्नुभएको हो ।

अमेरिकी ओपन पाँच पटक जितेपनि फेडररलाई सन२००८ देखि यहाँ उपाधिको खडेरी परेको छैन । डिमिट्रोभविरुद्धको हारसँगै फेडररको पखाई अझ लम्बिने भएको छ । फेडररको सङ्ग्रहमा सर्वाधि २० ग्रान्डस्लामको ट्रफी छ ।

एपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?