logo
२०८१ जेष्ठ २ बुधवार



महिला फुटबल टिमलाई विदाई

खेलकुद |


महिला फुटबल टिमलाई विदाई


गोरखापत्र समाचारदाता,

काठमाडौँ, भदौ १८ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार नाडेज्दा कप खेल्न किर्गिस्तान जाने नेपाली महिला फुटबल टिमलाई शुभकामना सहित विदाई गरेको छ ।

नेपाली टिम बिहिबार किर्गिस्तान प्रस्थान गर्नेछ । नेपालले यस प्रतियोगितालाई घरेलु भूमिमा हुने दक्षिण एसियाली खेलकुदको तयारीको रुपमा लिएको छ ।

नाडेज्दा कपमा नेपाल र आयोजक किर्गिस्तानसँगै ताजकिस्तान, उज्बेकिस्तान पनि छन् । नेपालले भदौ २२ मा आयोजकविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भदौ २३ मा उज्बेकिस्तान र भदौ २४ मा ताजकिस्तानविरुद्ध खेल्नेछ ।

राउन्ड रोविन प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ भने अन्य दुई टिमले तेस्रो र चौथो स्थानका लागि पुनः प्रतिस्पर्धा गर्नेछ ।

यसबीच प्रशिक्षक हरि खड्काले बुधबार नै बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नुभएको छ ।

किर्गिस्तानमा खेल्ने टिममा गोलरक्षक अन्जिला ताम्बापो सुब्बा, अन्जना राना मगर, तथा डिफेन्डरहरु हिरा भुजेल, गिता राणा, , पुनम जर्घा मगर, अनिता बस्नेत, अमृता जैसी र कविता धिमाल हुनुहुन्छ । यसैगरी, मिडफिल्डरमा मन्जली योञ्जन, रेनुका नगरकोटी, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सरु लिम्बु तथा फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल र निरु थापा रहनुभएकोछ ।

बन्द शिविरमा सामेल उषा नाथ र रविता राई, मनमाया लिम्बु, निशा थोकर, विमला विके, पुजा राना, रोजिना श्रेष्ठ, घिमकुमारी गुरुङ, सपना लामा, शर्मिला थापा, सविता रान मगर, प्रिती राई, वृmष्णा खत्री र रश्मी घिसिङले अन्तिम चयनमा स्थान बनाउन सकेनन् ।

हरि खड्काको सहायकमा प्रशिक्षक अरुणा गुरुङ र अस्मिता खवास गोलरक्षक प्रशिक्षक हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?