logo
२०८१ जेष्ठ २ बुधवार



झापा स्पोर्ट्स अवार्ड असोजमा

खेलकुद |


झापा स्पोर्ट्स अवार्ड असोजमा



बिर्तामोड समाचारदाता

बिर्तामोड, भदौ १९ गते । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्ट्स अवार्ड’को तेस्रो संस्करण यही असोज १३ गते बिर्तामोडमा हुने भएको छ ।
बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको मिति सार्वजनिक गर्नुका साथै अवार्ड सम्पन्न गर्न समितिहरू निर्माण गरिएको जानकारी गराइएको छ । पूर्वफुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्ला दुई वर्षदेखि एनएसजेएफ झापाले आयोजना गर्दै आएको छ ।
यसमा वर्ष खेलाडी (पुरुष)लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइसअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरूप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ । खेलाडी र प्रशिक्षकको मनोनयन सूची यही भदौ २९ गते सार्वजनिक गरिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?