logo
२०८१ जेष्ठ २ बुधवार



राष्ट्रिय फुटसल प्रारम्भिक टोलीको घोषणा

खेलकुद |




गोरखापत्र समाचारदाता,

काठमाडौँ, भदौ १९ गते । एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि बिहीबार नेपालको प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरिएको छध्र
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को फुटसल कमिटीले बन्द प्रशिक्षणमा रहेका ३७ खेलाडीबाट २५ जनाको प्रारम्भिक टिम बनाएको हो । सो टिमको प्रमुख प्रशिक्षकमा विष्णु गुरुङ हुनुहुन्छध्र
एएफसी फुटसल च्याम्पियनसिपको छनोट असोज २९ देखि कात्तिक १० सम्म हुँदैछ । नेपाल सम । ह ‘ए’मा छ । सो सम । हमा उज्वेकिस्तान, ताजिकिस्तान, अफगानिस्तान पनि रहेका छन् ।
नेपालले पहिलो खेल कात्तिक ६ गते ताजिकिस्तानसँग खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ७ गते उज्वेकिस्तान र कात्तिक ८ गते अफगानिस्तानको सामना गर्नेछ । उज्वेकिस्तान चार पटकको उपविजेता टिम हो । नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछध्र
उज्वेकिस्तान चार पटकको उपविजेता हो । सम । ह ’बी’ मा इरान, किर्गिस्तान र तुर्कमिनिस्तानले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्ध्र
प्रारम्भिक चरणमा चयन हुने खेलाडी ः आदिल हामिद, आशीष लामा, अभय राना, अमित लामा, अनिष श्रेष्ठ, अरुज सिंह, विजय गुरुङ, विजय श्रेष्ठ, विनोद गुरुङ, दिपेश घले, जेनिश प्रजापति, मणि लामा, मिसन लामा, नवीन लामा, नेत्रबहादुर श्रेष्ठ, निर्मल गुरुङ, रविचन्द्र थापा, राफी महर्जन, रुपेश क्षेत्री, सञ्जोग चाम्लिङ राई, सरोज तामाङ, सुरज गुरुङ सुशान्त श्रेष्ठ, सुमीत आले, उर्गेन शेर्पाध्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?