logo
२०८१ जेष्ठ २ बुधवार



बंगलादेशसँग नेपाल छ विकेटले पराजित

खेलकुद |


बंगलादेशसँग नेपाल छ विकेटले पराजित


इश्वरचन्द्र झा
कोलम्बो, भदौ २२ गते । नेपाल एशियाली क्रिकेट काउन्सिल अन्डर १९ एशिया कप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । आईतबार सम्पन्न दोस्रो खेलमा बङ्लादेशसँग हार बेहोरेपछि नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेल औपचारिकताका लागि मात्रै खेल्ने भएको छ ।
समूहगत् चरणको आफ्नो दोस्रो खेलमा नेपालले बङ्लादेशसँग छ विकेटले हार बेहोरेको छ । कोलम्बोमा नेपालले प्रस्तुत गरेको २६२ रनको सम्मानजनक लक्ष्य पछ्याउँदै बङ्लादेशले खेल सकिन मात्र चार बल बाँकी छँदा ४ विकेटको क्षतिमा २६२ रन बनाएर लक्ष्य पुरा गरेको हो । नेपालले १९ रनकै स्थितिमा बङ्लादेशका ओपनर ब्याट्सम्यानद्वय तान्जिद हसन र अनिक सरकार शतुलाई पेभेलियन फर्काएर उत्कृष्ट सुरुवात गरेको थियो । तर बङ्लादेशका मध्यक्रमका ब्याट्सम्यानले पारि सम्हाल्दै संयमित ब्याटिङग गर्दा उसले खेल सकिन मात्र चार बल बाँकी छँदा लक्ष्य पायो । महमुदुल हसन जोयले ४०, तौहिद हृदोयले ६० तथा कप्तान अकबर अलिले अविजित रहनुहुँदै ९८ रनको उत्कृष्ट पारि खेल्नुभयो । शमिम होसैनले अविजित ४२ रन बनाउनुभयो ।
नेपालका लागि कमल सिंह ऐरीले दुई तथा राशिद खान र हरि चौहानले समान एक एक विकेट लिनुभयो ।
यसअघि न्युट्रल भेन्युमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको नेपालका लागि ओपनरद्वय रित गौतम र पवन सर्राफले उत्कृष्ट सुरुवात गर्नुभयो । सर्राफले ८१ रनको योगदान गर्नुभयो । गौतम ३२ रन बनाएर पेभेलियन फर्किनुभयो । मध्यक्रमका ब्याट्सम्यानहरु राम्रो प्रदर्शन गर्न नसक्दा दबाबमा आएको नेपाली पारिलाई सन्दीप झोराले ५६ रनको योगदान गरेर सम्मानजनक योगफलतर्फ डो¥याउनुभयो । नेपालले पूरा ५० ओभर खेलेर आठ विकेटका क्षेतिमा २६१ रनको योगफल तयार गर्यो । भीम सार्कीले २१ तथा कुशल मल्ले २८ रन बनाउनुभयो । कमल सिंह ऐरी नौ र हरि चौहान एक रन बनाएर अविजित रहनुभयो । बङ्लादेशका लागि तान्जिम हसन शकिब र शाहिन आलमले सामान दुई दुई विकेट लिनुभयो । मृत्युञ्जय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र तौहिद हृदोयले सामान एक एक विकेट लिनुभयो ।
नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा यूनाईटेड अरब इमिरेट्सको सामना गर्नेछ । समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कासित हार बेहोरेको थियो । अङ्क तालिकामा नेपाल तेस्रो स्थानमा रहेको छ । दुई खेलमध्ये दुबैमा जित हात पारेको बङ्लादेश चार अङ्कसहित पहिलो स्थानमा रहेको छ । श्रीलङ्काले दुई मध्ये एक खेलमा जित हात पार्दै दुई अङ्कसहित दोस्रो स्थानमा छ । यू ए ईले दुई खेलमध्ये दुबैमा हार बेहोर्दै अङ्कतालिकाको पूछारमा रहेको छ । बंगलादेशसँग नेपाल छ विकेटले पराजित
इश्वरचन्द्र झा
कोलम्बो, भदौ २२ गते । नेपाल एशियाली क्रिकेट काउन्सिल अन्डर १९ एशिया कप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । आईतबार सम्पन्न दोस्रो खेलमा बङ्लादेशसँग हार बेहोरेपछि नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेल औपचारिकताका लागि मात्रै खेल्ने भएको छ ।
समूहगत् चरणको आफ्नो दोस्रो खेलमा नेपालले बङ्लादेशसँग छ विकेटले हार बेहोरेको छ । कोलम्बोमा नेपालले प्रस्तुत गरेको २६२ रनको सम्मानजनक लक्ष्य पछ्याउँदै बङ्लादेशले खेल सकिन मात्र चार बल बाँकी छँदा ४ विकेटको क्षतिमा २६२ रन बनाएर लक्ष्य पुरा गरेको हो । नेपालले १९ रनकै स्थितिमा बङ्लादेशका ओपनर ब्याट्सम्यानद्वय तान्जिद हसन र अनिक सरकार शतुलाई पेभेलियन फर्काएर उत्कृष्ट सुरुवात गरेको थियो । तर बङ्लादेशका मध्यक्रमका ब्याट्सम्यानले पारि सम्हाल्दै संयमित ब्याटिङग गर्दा उसले खेल सकिन मात्र चार बल बाँकी छँदा लक्ष्य पायो । महमुदुल हसन जोयले ४०, तौहिद हृदोयले ६० तथा कप्तान अकबर अलिले अविजित रहनुहुँदै ९८ रनको उत्कृष्ट पारि खेल्नुभयो । शमिम होसैनले अविजित ४२ रन बनाउनुभयो ।
नेपालका लागि कमल सिंह ऐरीले दुई तथा राशिद खान र हरि चौहानले समान एक एक विकेट लिनुभयो ।
यसअघि न्युट्रल भेन्युमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको नेपालका लागि ओपनरद्वय रित गौतम र पवन सर्राफले उत्कृष्ट सुरुवात गर्नुभयो । सर्राफले ८१ रनको योगदान गर्नुभयो । गौतम ३२ रन बनाएर पेभेलियन फर्किनुभयो । मध्यक्रमका ब्याट्सम्यानहरु राम्रो प्रदर्शन गर्न नसक्दा दबाबमा आएको नेपाली पारिलाई सन्दीप झोराले ५६ रनको योगदान गरेर सम्मानजनक योगफलतर्फ डो¥याउनुभयो । नेपालले पूरा ५० ओभर खेलेर आठ विकेटका क्षेतिमा २६१ रनको योगफल तयार गर्यो । भीम सार्कीले २१ तथा कुशल मल्ले २८ रन बनाउनुभयो । कमल सिंह ऐरी नौ र हरि चौहान एक रन बनाएर अविजित रहनुभयो । बङ्लादेशका लागि तान्जिम हसन शकिब र शाहिन आलमले सामान दुई दुई विकेट लिनुभयो । मृत्युञ्जय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र तौहिद हृदोयले सामान एक एक विकेट लिनुभयो ।
नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा यूनाईटेड अरब इमिरेट्सको सामना गर्नेछ । समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कासित हार बेहोरेको थियो । अङ्क तालिकामा नेपाल तेस्रो स्थानमा रहेको छ । दुई खेलमध्ये दुबैमा जित हात पारेको बङ्लादेश चार अङ्कसहित पहिलो स्थानमा रहेको छ । श्रीलङ्काले दुई मध्ये एक खेलमा जित हात पार्दै दुई अङ्कसहित दोस्रो स्थानमा छ । यू ए ईले दुई खेलमध्ये दुबैमा हार बेहोर्दै अङ्कतालिकाको पूछारमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?