logo
२०८१ जेष्ठ ३ बिहीवार



नेपालसँग किर्गिकस्तान आठ गोलले पराजित

खेलकुद |


नेपालसँग किर्गिकस्तान आठ गोलले पराजित


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । नेपाली महिला फुटबल समूहले नादेजा कपका आयोजक किर्गिकस्तानलाई दुर्ईका विरुद्ध आठ गोलले हराएको छ ।

आइतबार कारोकोलको सेन्ट्रल रंगशालामा भएको खेलमा स्टार खेलाडी सावित्रा भण्डारीले चार गोली गरी ह्याट्रिक गर्नुभयो ।

खेलको ४ मिनेटमा भण्डारीले नेपालको लागि पहिलो खाता खोल्नुभयो । त्यसपछि उहाँले खेलको १५ मिनेट, ३० मिनेट र ५४ मिनेटमा चार गोल गर्नुभयो ।

नेपाललाई विजय गराउन अनिता बस्नेतले २५ र ८९ आंै मिनेटमा दुई गोल गरेर योगदान दिनुभयो भने दीपा राईले २५ मिनेट, निरु थापाले ३७ मिनेटमा गोलको खाता खोल्नुभयो ।

सोमबार नेपालले उज्वेकिस्तानसँग सामना गर्ने गोलनेपालडटकमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?