logo
२०८१ जेष्ठ २ बुधवार



नाडेज्दा कप महिला फुटबलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित

खेलकुद |


नाडेज्दा कप महिला फुटबलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित
फाइल तस्बिर : एन्फा


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २३ गते । नाडेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल सोमबार उज्बेकिस्तानसँग २–० ले पराजित भएको छ ।
किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल रङगशालामा भएको खेलमा नेपालले खेलको दुवै भागमा एक–एक गोल वेहोरेको थियो । पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो गोल अन्तरले हराएको नेपालले बलियो उज्बेकिस्तानविरुद्ध भने गोल गर्न सकेन ।
कप्तान निरु थापाले घाइते भएर मैदान छोड्न बाध्य भएपछि पनि नेपाललाई घाटा भएको थियो । खेलको दशौँ मिनेटमा नै उज्बेकिस्तानकी खेलाडीसँग ठोक्किएपछि निरु घाइते हुनुभएको हो । उहाँको स्थानमा सरु लिम्बु मैदानमा छिर्नुभएको थियो ।
खेलको ३२ औँ मिनेटमा उज्बेकिस्तानकी काटरिच लाउड मिलाको पहिलो गोलले अग्रता बनायो । उत्तराद्र्धको चौथो मिनेटमा साफिना रुस्कानियाले नेपालका तीन डिफेन्डरलाई छलाएर बल डिबक्समा लगेर सशक्त प्रहारमार्फत गोल गरी उज्बेकिस्तानको अग्रता दोब्बर पार्नुभएको हो । पूर्वाद्र्धको अतिरिक्त समयमा उज्बेकिस्तानको प्रहार गोलपोस्टमा लागेर फर्केपछि मध्यान्तरमा जाँदा स्कोर १–० मा सीमित भएको थियो । यसैगरी, खेलको ९० औँ मिनेटमा अनिता बस्नेतले लामो दुरीमा प्राप्त फ्रिकिकमा प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्किँदा नेपाल गोलबाट वञ्चित भएको थियो ।
उज्बेकिस्तान लगातार दोस्रो जितसहित फाइनलमा पुगेको छ । उज्बेकिस्तानले आप्mनो पहिलो खेलमा ताजकिस्तानलाई १२–० ले हराएको थियो । राउन्डरोविन चार टिममध्ये शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ । नेपालले यस प्रतियोगितालाई घरेलु भूमिमा हुने दक्षिण एसियाली खेलकुदको तयारीको रुपमा लिएको छ ।
नेपालले तेस्रो खेलमा मङ्गलबार ताजकिस्तानको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?