logo
२०८१ जेष्ठ २ बुधवार



इङ्गल्यान्ड र पोर्चुगलको लय कायमै

खेलकुद |


इङ्गल्यान्ड र पोर्चुगलको लय कायमै



पेरिस, भदौ २६ गते । युरोपेली च्याम्पियनसिपमा आफ्नो गोल गर्ने शानदार लयलाई कायम राख्दै इङ्गल्यान्डले मङ्गलबार राति कोसोभोलाई ५–३ ले हराएको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि सोही रात चार गोल गरेर चम्किनुभयो ।
समूह एमा इङ्गल्यान्डको यो चार खेलमा चौथो जित भएको छ । इङ्गल्यान्ड र पोर्चुगलले जित मात्र होइन समयमा गोल गर्ने क्षमता पनि कायमै राख्दै खेलमा लय कायमै राखेका छन् ।
रोनाल्डोको ह्याट्रिकसहित चार गोलको सहयोगमा पोर्चुगलले लिथुवानियामा ५–१ ले जित हात पा¥यो । पाँच पटक गोल्डेन बल जितिसकेका रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या ९३ मा पु¥याउनुभएको छ । आगामी वर्ष हुने युरोपेली च्याम्पियनसिपअघि नै रोनाल्डोले अन्तर्राष्ट्रिय गोलको सङ्ख्या शतक छुने अनुमान गरिएको छ । पोर्चुगलले अझै घरेलु मैदानमा लिथुवानियासँग खेल्न बाँकी नै छ । पोर्चुगलका अन्य खेल तुलनात्मक रूपमा कमजोर मानिएको लक्जेम्बर्गविरुद्ध हुनेछ ।
यसैगरी इङ्गल्यान्डका हेनरी केनले पनि आफ्नो गोल सङ्ख्या २६ पु¥याउनुभयो । कोसोभाले खेलको ३५औँ मिनेटमा नै भालोन बेरिसाको गोलबाट अग्रता लिएपछि इङ्गल्यान्ड स्तब्ध नभएको होइन तर रहिम स्टर्लिङको गोलबाट इङ्गल्यान्डले चाँडै खेल बराबर ग¥यो त्यसपछि २० मिनेट नबित्दै केनले पनि गोल गर्नुभयो । मध्यान्तर नहुँदै इङ्गल्यान्डले पाँच गोल गरिसकेको थियो । जसमा १९ वर्षीय विन्गर याडन सान्चोको दुई गोल पनि रह्यो । कोसोभाले एक गोल आत्मघाती रूपमा उपहार दिएको थियो । इङ्गल्यान्डले चार खेलमा १९ गोल गरिसकेको छ ।
तर मध्यान्तरपछिको खेल कोसोभाको रह्यो । कोसोभाका लागि बेरिसाले व्यक्तिगत दोस्रो गोल पनि गर्नुभयो । यसैगरी, उत्तराद्र्धमा केनसमक्ष पनि दुई गोल गर्ने अवसर आएको थियो तर केनको पेनाल्टी प्रहार कोसोभाका गोलरक्षक अरिजानेट मुरिचले रोक्नुभयो । कोसोभाका लागि भेडात मुरिटीले भने पेनाल्टीमा गोल गर्नुभएको थियो ।
विश्वकप विजेता फ्रान्सले पनि घरेल मैदानमा सङ्गठित देखिएको एन्डोरालाई ३–० ले हरायो । सो खेलमा बार्सिलोनाका फरवार्ड एन्टोनियो ग्रिज्म्यानले पेनाल्टीमा गोल गर्न सक्नुभएन । युरो छनोटको लगातार दोस्रो खेलमा ग्रिज्म्यान पेनाल्टीमा गोल गर्नबाट चुक्नुभएको हो । फ्रान्सका लागि किङ्सले कोम्यान, क्लिमेन्ट लेङ्लेट र स्थानापन्न खेलाडी विजम बेन येडरले गोल गर्नुभयो ।
यसैगरी, रोनाल्डोले चारमध्ये एक गोल पेनाल्टीमा गर्नुभयो । पोर्चुगलका लागि थप एक गोल विलियम कारभालोले गर्नुभएको थियो । समूह बीमा आठ अङ्कका साथ पोर्चुगल दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको युक्रेन पाँच अङ्कले पोर्चुगलभन्दा अगाडि छ । यद्यपि पोर्चुगलले युक्रेनभन्दा एक खेल कम खेलेको छ ।

ब्राजिल पराजित
यसैगरी, पेरुले बुधबार ब्राजिललाई मैत्री खेलमा १–० ले पराजित गरेको छ । खेलको ८५औँ मिनेटमा लुइस अब्रामले गोल गरेपछि ब्राजिल स्तब्ध भयो । यस नतिजासँगै ब्राजिलको १७ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । ४७ खेलमा पेरुले ब्राजिललाई हराएको यो पाँचौँ पटक हो । एपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?